काठमाडौँ । माघ महिनाको लागि अधिकांश वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । ११ वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेपमा माघ महिनाको ब्याजदर घटाएका छन् भने ८ ओटाले स्थिर राख्दा प्राइम कर्मशियल बैंकले भने बढाएको छ । माघ महिनाको औसत ब्याजदर व्यक्तिगत निक्षेपतर्फ ४.६८ प्रतिशत छ भने संस्थागततर्फ ३.३८ प्रतिशत रहेको छ ।
पुसमा व्यक्तिगततर्फ औसत ब्याजदर ४.८६ प्रतिशत थियो संस्थागततर्फ ३.३७ प्रतिशत रहेको थियो ।
प्राइम कमर्सियल बैंकले मुद्दती निक्षेपमा ४.४० प्रतिशत दिने भएको छ । पुष महिनामा प्राइम कर्मसियल बैंकले ४.२५ प्रतिशत ब्याज दिएको थियो ।
व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल बैंकले ५.१० प्रतिशत, कृषि विकास बैंकले ४.४० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.३६ प्रतिशत, एभरेष्ट बैंकले ४.४० प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत, सानिमा बैंकले ४.५५ प्रतिशत ब्याजदर तोकेका छन् ।
ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.४० प्रतिशत, सिद्धार्थ बैंकले ४.५५ प्रतिशत, कुमारी बैंक ४.४३ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.५० प्रतिशत, सिटिजन्स बैंकले ४.५० प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत र हिमालयन बैंकले ५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत र एनआईसी एशिया बैंकले ५ प्रतिशत ब्याजदर दिनेछन् ।


प्रतिक्रिया दिनुहोस्