काठमाडौँ । सूचना प्रविधिका क्षेत्रमा कलम चलाउँदै आएका व्यावसायिक पत्रकारहरुको संस्था ‘प्रविधि पत्रकार मञ्च (टीजेफ)’ को नयाँ नेतृत्व चयन भएको छ ।
बुधबार बिहान सम्पन्न संस्थाको १२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट पूर्णभक्त दुवालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । यसअघि उपाध्यक्ष रहेका अध्यक्ष भएका हुन् ।
संस्थाको उपाध्यक्षमा गणेश सुवेदी, सचिवमा अनिल न्यौपाने, सहसचिव हिक्मत आचार्य र कोषाध्यक्षमा सजना बराल चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा कमल केसी, शिव बस्नेत, युवराज गौतम र मुना कुँवर चयन भएका छन् । कुल ११ सदस्यीय कार्यसमितिमा बाँकी दुई जना सदस्यहरु कार्यसमिति बैठकले नियुक्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्