झिनो अंकले बढ्यो नेप्से, ६ अर्ब २० करोड रूपैयाँ बढी कारोबार


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १.५२ अंकले बढेर २६४१.४३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ५ उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार नेप्सेमा राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड २४ लाख ४ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीको सेयरमूल्य ९.९४ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३२० कम्पनीको एक करोड २५ लाख ४ हजार ९७० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।