काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले नेपाली काँग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की स्वयं संलग्न रहेको आरोप लगाएका छन् ।
शनिबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरूसँगको संवादमा सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनको वैधानिकता दिएर कानून विपरित निर्णय गरेको भन्दै त्यसलाई काँग्रेस र एमालेमाथिको प्रहारको रूपमा लिएको बताएका हुन् ।
उनले प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय शक्तिहरूले काँग्रेस विभाजन गरेर रवि लामिछाने जस्ता नेताहरूलाई बलियो बनाउने प्रयास गरिरहेको दाबी गरे ।
उनले भने, “जुन ढंगले सेटिङको आधारमा एक घण्टाभित्र निर्वाचन आयोगले निर्णय गर्यो, त्यो बेठिक थियो। शेरबहादुर देउवाजीहरूले जे भन्नुभयो, त्यसमा हामी पनि सहमत छौं। काँग्रेसको विभाजन लोकतन्त्रमाथिको प्रहार हो। काँग्रेस र एमाले जस्ता शक्तिलाई कमजोर पार्ने र रवि लामिछाने जस्ता व्यक्तिलाई बलियो बनाउने प्रयासमा प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय शक्तिहरू संलग्न छन्। यो निकै गम्भीर विषय हो र हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौं।”
सचिव बस्नेतले आवश्यक परे सरकारविरुद्ध पार्टीले आन्दोलन गर्ने अवस्थामा पुग्न सक्ने चेतावनीसमेत दिए ।


प्रतिक्रिया दिनुहोस्