लगातार दुईपटक चुनाव जितेका एलपी सावाले यसपटक टिकट पाएनन्


काठमाडौँ । लगातार दुईपटक चुनाव जितेका नेकपा एमालेका नेता एलपी सावाले यसपटक चुनाव लड्न नपाउने भएका छन् ।

नेकपा एमालेको सचिवालय बैठकले यसअघि सावाले चुनाव लड्दै आएको झापा क्षेत्र नम्बर ४ मा मनोज ताम्लीलाई टिकट दिएको छ ।

एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यको आकाङ्क्षी सावा अध्यक्ष केपी शर्मा ओलीले टिमबाट बाहिरै रहेका थिए ।

झापा–४ का ताम्ली यसपटक मात्रै केन्द्रीय सदस्यले टिकट पाएका छन् । सावा झापा क्षेत्र नम्बर ४ मा लोकप्रिया नेताका रूपमा चिनिन्छन् ।