अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई संयुक्त राज्य अमेरिकाको हिस्सा बनाउने आफ्नो महत्वाकांक्षी योजनामा नयाँ मोड दिएका छन् ।
पत्रकारहरूसँग कुरा गर्दै उनले स्पष्ट पारे की यदि कुनैपनि राष्ट्रले ग्रिनल्याण्ड प्राप्त गर्ने अमेरिकी लक्ष्यमा बाधा पु¥याएमा वा समर्थन नगरेमा ती देशहरूमाथि अमेरिकाले भारी भन्सार शुल्क लगाउन सक्छ ।
ट्रम्पले ग्रिनल्याण्डको रणनीतिक अवस्थिति र त्यहाँ रहेका प्राकृतिक स्रोतहरूको महत्वलाई मध्यनजर गर्दै यसलाई अमेरिकी क्षेत्रमा गाभ्ने इच्छा व्यक्त गर्दै आएका छन् ।
यद्यपि डेनमार्क सरकार र ग्रिनल्याण्डका स्थानीय अधिकारीहरूले यो प्रश्तावलाई पूर्ण रूपमा अस्वीकार गर्दै ग्रिनल्याण्ड बिक्रीका लागि उपलब्ध नभएको स्पष्ट पारिसकेका छन् ।
ट्रम्पको यो पछिल्लो चेतावनीले अन्तर्राष्ट्रिय कुटनीति र व्यापारिक सम्बन्धहरूमा तनाव थप्ने देखिएको छ । आलोचकहरूले यसलाई व्यापारलाई कुटनीतिक हतियारको रूपमा प्रयोग गर्ने ट्रम्पको पुरानै शैलीको निरन्तरता भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्