काठमाडाैँ । नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिताको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
आइतवार पूर्णबहादुर खड्कासहितका नेताहरुले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा पुगेर रिट दायर गरेका हुन् ।
संविधान, कानून र नेपाली काँग्रेसका विधान विपरित निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई दिएको आधिकारिताको विरुद्ध आफूहरूले न्यायका लागि सर्वोच्च अदालतमा रिट दायर गर्नुपरेको देउवा पक्षका नेता खड्काले जानकारी दिए ।
उनले संविधान, कानून र विगतका नजिरको खिलापमा गरिएको सो निर्वाचन आयोगको निर्णयलाई बदर गर्दै सर्वौच्च अदालतले आफूहरुलाई न्याय दिने दाबी समेत गरे । उनले निर्वाचन आयोगको सो निर्णय सर्वसम्मत समेत नभएकाले पनि आफूहरूले न्याय पाउने जिकिर गरे ।देउवा पक्षले सो रिटलाई प्राथमिकता दिएर निष्कर्षमा पु¥याउन पनि सर्वोच्च अदालतसँग माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्