काठमाडौँ । नेपाली कांग्रेसमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी टुंग्याउने प्रक्रिया आन्तरिक किचलोका कारण अन्योलमा परेको छ । सभापति गगन थापाले बोलाएको संसदीय बोर्डको बैठक अन्तिम समयमा सारिएको छ ।
देउवा पक्ष र डा. शेखर कोइराला पक्षबीच सहमति जुटाउने प्रयास तीव्र बनाएका थापाले असन्तुष्ट समूहलाई समेट्न बैठक स्थगित गरेका हुन् । कांग्रेस नेताहरूका अनुसार टिकट वितरणपछि विवाद झन् चर्किन सक्ने भएकाले निर्णयअघि नै सहमति खोजिएको हो ।
एक पदाधिकारीले भने, “अहिले संवाद चलिरहेको छ । टिकट दिएपछि फेर्नु गाह्रो हुन्छ, त्यसैले पहिले नै मिलाउने प्रयास हो।”
पार्टीभित्र तनाव बढिरहेका बेला देउवा पक्ष सर्वोच्च अदालतसम्म पुगेको छ भने शेखर कोइराला समूहका केही नेताहरू भने थापाकै नेतृत्वमा चुनावमा जानुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन् । शेखर समूहको बैठक आइतबार बस्दै छ ।
उता, देउवा पक्षले दायर गरेको रिटमाथि माघ ६ गते पेशी तोकिएको छ । यही दिन निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय पनि तोकेकाले कांग्रेसभित्रको विवाद थप पेचिलो बन्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस्