काठमाडौँ । नेकपा(माओवादी)ले स्थायी कमिटीका कुनै पनि सदस्य निर्वाचनमा सहभागि नहुने निर्णय गरेको छ ।
गएराति बसेको स्थायी कमिटी बैठकले स्थायी कमिटी सदस्यहरूलाई चुनावमा नपठाउने निर्णय गरेको हो ।
नेकपा माओवादीले पहिलोपटक चुनावमा जाने निर्णय गर्दै निर्वाचन आयोगमा दर्ता भएको थियो ।
गुलाफ चिन्ह समेत पाएको नेकपाले समानुपातिकको बन्द सूची समेत बुझाइसकेको छ ।
मनोनयनको दुइदिन अगाडि मात्रै नेकपा(माओवादी)ले आफ्ना शिर्ष नेताहरूलाई चुनावमा नपठाउने निर्णय गरेको हो । महासचिव विप्लव रोल्पाबाट चुनाव लड्ने तयारी गरेका थिए ।
स्रोतले भन्यो,“ गएराति बसेको स्थायी कमिटी बैठकले महासचिव विप्लवसहित स्थायी कमिटीका सदस्य चुनावमा सहभागि नहुने निर्णय गरेको छ । पोलिटब्युरो सदस्यदेखि तलका नेता चुनावमा उम्मेदवार हुनेछन् ।”
स्थायी कमिटीको निर्णयपछि थप छलफल गर्न पोलिटब्युरो बैठक बस्दैछ । प्रतिनिधी सभाकाे चुनाव फागुन २१ गते हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्