पोखराबाट पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। उनीमाथि निर्वाचन आयोगले अनुसन्धानका लागि प्रहरीका दुई युनिटलाई पत्राचार गरेको थियो।

प्रसाईंले काँग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफू पक्षमा पारेको आरोप गर्दै प्रसाईंले सामाजिक सञ्जालमा एक भिडियो पनि सार्वजनिक गरेका थिए। यसै अभिव्यक्तिपछि आयोगले उनीविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।

जिल्ला प्रशासन कार्यालय कास्कीले प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको जनाएको छ। प्रसाईंमाथि निर्वाचन कसुर र मुलुकी फौजदारी संहिताअन्तर्गत कारबाही हुनुपर्ने माग उठाइएको छ।