काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले रास्वपाले संघीयतालाई अझ बलियो बनाएर लैजाने बताएका छन् ।
जनपुरधाममा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको काम अझ राम्रो र बलियो बनाउने आफूहरूको उद्देश्य रहेको बताएका हुन् ।
जनकपुर मधेस प्रदेशको राजधानी भएपनि अधिकारका लागि काठमाडौँ धाउने गरेको आफूले देखेको र महानगरको प्रमुख हुँदा मुकदर्शक मात्रै बनेको बताए ।उनले काठमाडौँ अधिकार माग्न नभइ घुम्न मात्रै जाने स्थिति निर्माण आफूहरूले गर्ने बताए ।
“म जनकपुर आएपछि धेरैले भने राष्ट्रिय स्वतन्त्र पार्टीको संघीयताप्रतिको धारणा के हो ? प्रदेश अझै बलियो बनाउँछौँ । प्रदेशको काम अझ राम्रो बनाउनेछौँ । जनकपुर प्रदेशको राजधानी हो । काठमाडौं कामका लागि किन धाउने ? संघीयतालाई अझ बलियो बनाउने गरी हामी लाग्नेछौँ । काठमाडौँ अधिकार माग्न जाने होइन, घुम्न जाने हो । अधिकार माग्नका लागि काठमाडौँ जानुपर्ने बाध्यता हटाउनुपर्छ,” उनले भने ।
उनले चार वर्ष काठमाडौँ महानगरपालिकाको मेयर भएर काम गर्दा भषण दिने फुर्सद नभएको बताए ।


प्रतिक्रिया दिनुहोस्