काठमाडाैँ । नेपाली कांग्रेसले आगामी फागुन २१ को निर्वाचनमा रोल्पाबाट डा. सुदनकुमार वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
उनी अर्थ मामिलामा अनुभव भएका विशेषज्ञ हुन् र हाल लुम्बिनी प्रदेश योजना आयोगका सदस्यको रूपमा कार्यरत छन्।
यसअघि उक्त क्षेत्रमा तत्कालीन माओवादीको बलियो आधार रहेको थियो। माओवादी केन्द्रका वर्तमान सांसद वर्षमान पुन पुन यस पटक पनि उम्मेदवार छन् ।
टिकट पाएका वलीले आयोग सदस्य पदबाट राजीनामा दिई उम्मेदवारी दर्ताका लागि रोल्पा पुगेका छन्।


प्रतिक्रिया दिनुहोस्