काठमाडौँ। स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका भागवतप्रकाश मल्ल उम्मेदवार बनेका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि काँग्रेसले मल्ललाई औपचारिक रूपमा उम्मेदवार चयन गरेको हो।
स्थानीय तहदेखि केन्द्रसम्म स्याङ्जा क्षेत्र नम्बर २ मा मल्लको विकल्प नभएको भन्दै लामो समयदेखि चर्चा चलिरहेको थियो।
यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका तत्कालीन उपसभापति धनराज गुरुङ विजयी भएका थिए ।
उनले नेकपा एमालेकी नेतृ पद्मा कुमारी अर्याललाई पराजित गर्दै संसद् प्रवेश गरेका थिए। अहिले गुरुङ राजनीतिका अन्य जिम्मेवारीमा सक्रिय रहँदा काँग्रेसले अनुभवी र संगठनमा पकड भएका मल्ललाई मैदानमा उतारेको बुझिएको छ।
मल्लको उम्मेदवारीसँगै स्याङ्जा क्षेत्र नम्बर २ को राजनीतिक प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।


प्रतिक्रिया दिनुहोस्