काठमाडौँ । स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट नेपाली काँग्रेसले भरत ढकाललाई उम्मेदवारका रूपमा अघि सारेको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले ढकाललाई औपचारिक रूपमा उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट नेपाली काँग्रेसका जिल्ला सभापति राजु थापा विजयी भएका थिए।
उनले प्रतिस्पर्धामा एमालेका नेता नारायण मारासिनीलाई पराजित गर्दै स्याङ्जा क्षेत्र नं १ मा काँग्रेसको जित सुनिश्चित गरेका थिए।
निर्वाचनलाई लक्षित गर्दै पार्टीले ढकाललाई उम्मेदवार बनाएको निर्णयलाई स्थानीय तहमा चासोका साथ हेरिएको छ।
काँग्रेसले यस क्षेत्रलाई आफ्नो बलियो आधार मान्दै आएको सन्दर्भमा ढकालको उम्मेदवारीले आगामी राजनीतिक प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्