प्रतिनिधि सभा चुनावका लागि आज उम्मेदवारी दर्ता


काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ ।

विभिन्न दलका उम्मेदवारले आज देशभरका १६५ ओटै निर्वाचन क्षेत्रमा आआफ्नो उम्मेदवारी दर्ता गर्नेछन् ।

निर्वाचन आयोगले उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।

आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ । समानुपातिकतर्फको उम्मेदवारी सार्वजनिक भइसकेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएर निर्वाचित सरकार गठन भएको थियो ।

पूर्वप्रधानन्यायाधीस सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा चुनावको मिति तय गरेको थियो ।