२७ सय रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८२ हजार रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ८४ हजार ७०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ७० रूपैयाँले बढेर ५ हजार ८८० रूपैयाँ कायम भएको छ ।