काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ले रोल्पाबाट चुनाव लड्न नसकेको भन्दै माफि मागेका छन् ।
समाजिक सञ्जाल मार्फत विप्लवले उम्मेदवार बन्न नसकेकोप्रति माफी मागेका हुन् ।
विप्लवले भनेका छन्,“रोल्पा जिल्ला पार्टीका प्रिय कमरेडहरू तपाईहरूको गर्विलो निर्णयप्रति धेरैधेरै आभारी छु । पार्टी र संसदलाई सन्तुलित ढङ्गले चलाउन नेतृत्वको विन्यास हुनुपर्छ भन्ने हाम्रो विचार तथा परिस्थितिको संवेदनशीलतालाई ध्यानदिदै यो पटकको निर्वाचनमा सहभागी बन्न नसक्ने विषय विनम्रता पुर्वक निवेदन गर्न चाहन्छु ।”
उनले पार्टीको निर्णयले जिल्ला पार्टी,रोल्पाली जनता र मित्र–आफन्तको भावना र अपेक्षामा पर्न गएको चोटप्रति क्षमाप्रार्थी छु भनेका छन् ।
विप्लवले भनेका छन्,“चुनावमा उम्मेदवार नबने पनि रोल्पा र रोल्पाली जनताको सुखदुःखमा सधै छु र रहने विश्वास व्यक्त गर्दछु ।”
विप्लवले नेकपा(माओवादी)को तर्फबाट रोल्पाको उम्मेदवार चुणमणि वली ‘आदर्श’ उम्मेदवार बन्ने भन्दै शुभकामना दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्