काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफू आगामी निर्वाचनमा विजयी हुने दाबी गरेका छन् ।
मंगलवार काठमाडौँको क्षेत्र नम्बर १ मा उम्मेदवारी मनोनयनका लागि पुगेकाे उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका छन् । वरिष्ठ उपाध्यक्ष मिश्रले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण गरेको उल्लेख गर्दै आफू सोही पथमा हिँडेको र देश बचाउने र बनाउने दुवै सङ्कल्प लिएको बताए ।
उनले काठमाडौँका जनताले आफूलाई गर्व गर्न लायक हुने गरी आगामी निर्वाचनमा विजयी गराउनेमा विश्वस्त रहेको जिकिर समेत गरे । यस अघि सो क्षेत्रमा झिनो मतान्तरले हार व्यहोर्नु परेपनि आगामी निर्वाचनमा जनताले आफूलाई गर्व गर्न लायक सांसद बनाउने बताए ।
त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष मिश्रले मुलुकलाई सङ्कटबाट जोगाउन राजसंस्थासहितको शासन व्यवस्था आवश्यक रहेको अडान पनि राखे ।


प्रतिक्रिया दिनुहोस्