नेप्से ४२ अंकले बढ्दा कारोबार रकम ११ अर्ब ८५ करोड रूपैयाँभन्दा बढी


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार नेप्सेमा एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४० करोड १६ लाख ५३ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज गुर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।