काठमाडाैँ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पूर्व सांसद धनराज गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत निर्णय स्पष्ट पारेका छन्।
उनका अनुसार निर्वाचनमा नउठ्ने सन्देश उनले डा. मिनेन्द्र रिजालमार्फत टिकट वितरणमा संलग्न साथीहरूलाई व्यक्तिगत रूपमा पठाएका थिए ।
तर केही सञ्चार माध्यमले ‘धनराजले टिकट पाएनन्’ भनेर समाचार प्रकाशित गरेपछि उनले पत्रकारिताको निर्लज्जताप्रति आश्चर्य व्यक्त गरेका छन्। गुरुङले यो विषय नितान्त व्यक्तिगत भएको र सामाजिक सञ्जालमा लेखिनुपर्ने विषय नभएको बताए।
उनी हाल पार्टीका अन्य जिम्मेवारीमा सक्रिय रहेका कारण नेपाली काँग्रेसले स्याङ्जा–२ बाट अनुभवी नेता भागवतप्रकाश मल्ललाई उम्मेदवार बनाएको छ।


प्रतिक्रिया दिनुहोस्