एमाले उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही–२ बाट गराए मनोनयन दर्ता


काठमाडाैँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रूपन्देही–२ बाट मनोनयन दर्ता गराएका छन् ।
मंगलवार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा गएर पौडेलले उम्मेदवारी दर्ता गर्दै हिस्सा लिएका हुन् ।

मनोनयन दर्ता गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संविधानको रक्षा र प्रभावकारी कार्यान्वनको लागि आसन्न निर्वाचन महत्वपूर्ण भएको बताए ।

उनले देशलाई लोकतन्त्रको मार्गमा अगाडि बढाउँदै जेन–जी पुस्ताले अपेक्षा गरेको सुशासन र सामाजिक न्यायको सपना साकार गर्न एमालेले देशभर उत्साहका साथ मनोनयन दर्ता गराएको उल्लेख गरे । 

उनले रुपन्देही जिल्लाको सामाजिक र भौतिक विकासका निम्ति एमालेलाई सहयोग गर्न समेत आम मतदातामा आग्रह गरे।