काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
उनले दाङ–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका हुन्। पार्टीले उक्त क्षेत्रमा मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि पूर्वमाओवादी धारका नेताहरू असन्तुष्ट बनेका छन् जसको प्रतिफलस्वरूप केसीले स्वतन्त्र उम्मेदवारी दिएको बताइएको छ।
केसीको उम्मेदवारीले दाङ–१ मा चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस्