१६५ निर्वाचन क्षेत्रका लागि २ हजार ६ सय ५५ जनाले गराए उम्मेदवारी दर्ता, महिला उम्मेदवार ३०३ मात्र


काठमाडाैँ । अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि तोकेको समयभित्र उक्त सङ्ख्यामा उम्मेदवारी दर्ता भएको अयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनकाअनुसार कतिपय जिल्लामा मनोनयन दर्ताको कार्य जारी नै रहेकोले यो सङ्ख्या बढ्नसक्ने बताए ।उनकाअनुसार मनोनयन दर्ता गराउने महिलाको सङ्ख्या एकदमै न्युन रहेको छ ।

उनले मनोनयन दर्ता गराउनेमा २ हजार ३ सय ५२ जना पुरुष र ३ सय ३ जना मात्र महिला रहेको समेत बताए । उनले उम्मेदवारहरूको प्रारम्भिक नामावली मंगलवार साँझ ८ बजेभित्र प्रशासन हुने समेत जानकारी दिए ।

उनले बुधवार कार्यालय समयभित्र उम्मेदवारमाथि दाबी विरोध गर्न सकिने कार्यसूचि रहेको जानकारी दिए ।