काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य २ हजार ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९५ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ९२ हजार २०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले घटेर ५ हजार ८७० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्