६ महिनामा ९ खर्ब ३९ अर्ब रूपैयाँ बढीको आयात


काठमाडौँ । आर्थिक वर्ष २०८२ ८३ को पहिलो ६ महिनामा ९ खर्ब रूपैयाँ बढीको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो ६ महिनामा ९ खर्ब ३९ अर्ब २ करोड २८ लाख ८३ हजार रूपैयाँ बराबरको आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख ४६ हजार रूपैयाँ बराबराको आयात भएको थियो ।

नेपालको निर्यात ४३.७६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एक खर्ब ४२ अर्ब १ करोड ८० लाख १६ हजार रूपैयाँ बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रूपैयाँ बराबरको निर्यात भएको थियो ।

नयो अवधिमा नेपालको वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेको छ । यो अवधिमा नेपालले १० खर्ब ८१ अर्ब ४ करोड ८ लाख ९९ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब २१ अर्ब १५ करोड ९७ लाख ९४ हजार रूर्पैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

नेपालको व्यापार घाटा १०.१५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख ९९ हजार रूपैयाँ बराबरको व्यापार घाटा रहेकोमा यो चालु आर्थिक वर्षमा ७ खर्ब ९७ अर्ब ४८ लाख ६७ हजार रूपैयाँ बराबर रहेको छ ।