काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ अंकमा पुगेको छ ।
आज आँखु खोला जलविद्युत कम्पनीको सबभन्दा बढी कारोबार भएको छ। यस कम्पनीको ४० करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
विहीबार एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक र त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन्। यी तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज कालीका पावर कम्पनीका लगाीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीको सेयरमूल्य ६.३५ प्रतिशतले घटेको छ ।
कुल ३३२ कम्पनीको एक करोड ९० लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७ करोड ३९ लाख रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्