राष्ट्रिय सभामा २ ओटा संसदीय समितिको अध्ययन प्रतिवेदन पेस


काठमाडाैँ । राष्ट्रिय सभामा २ ओटा संसदीय समितिको अध्ययन प्रतिवेदन पेस गरिएको छ । 

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले राष्ट्रिय सदाचार सम्बन्धि अध्ययन प्रतिवेदन २०८२ सम्बन्धि समितिको प्रतिवेदन र विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक २०८१ सम्बन्धि समितिको प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदनमा मुलुकको सदाचार र पर्यटन क्षेत्रको विकास सम्बन्धमा व्यापक सुझाव सरकारलाई दिइएको बताइएको छ ।