काठमाडाैँ । भारतको नयाँ दिल्लीमा आयोजना हुने पहिलो साउथ एशियन एग्रोफरेस्ट्री एण्ड ट्रिज आउटसाइड फरेस्ट कन्फ्रेन्समा नेपालबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार र सचिव डा. राजेन्द्रप्रसाद मिश्र सहभागी हुने भएका छन्।
माघ ८ गते बसेको मन्त्रीपरिषद् बैठकले उनीहरूलाई उक्त सम्मेलनमा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्।
सम्मेलन भारतको नयाँ दिल्लीमा २०८२ माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने छ।
दक्षिण एशियाली क्षेत्रका देशहरूमा एग्रोफरेस्ट्री र वन बाहिरका रूखहरूको व्यवस्थापन, संरक्षण र दिगो उपयोगका विषयमा अनुभव आदान–प्रदान तथा नीतिगत छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्