राष्ट्रिय सभाको १८ सिटका लागि आज निर्वाचन हुँदै


काठमाडौँ । राष्ट्रिय सभाको १८ सिटका लागि आज निर्वाचन हुँदैछ ।

२०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज विहान ९ः०० देखि दिउँसो ३ बजेसम्म मतदान हुँदै छ । निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको ।

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएका कारण र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगले जनाएको छ । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।