५७ अंकले बढ्यो नेप्से, कारोबार रकम १३ अर्ब ७८ करोड रूपैयाँ बढी


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार नेप्सेमा आखुँखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ५९ लाख ३३ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज एसवाई प्यानल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, बन्दिपुर केबलकार एण्ड टुरिजम, हिमस्टार उर्जा, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स, आखुँखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी सबै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।