काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले वनजङ्गलको छेउछाउमा बसोबास गरिरहेका गाउँहरूलाई स्थानान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। आइतवार कार्यकर्ताहरूसँगको कुराकानीका क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
नेता साहले नेपाल सरकारको नीतिनै वनजङ्गल नजिक रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने हुनुपर्ने बताए । वनजङ्गल आसपासको बस्तीले मानव–वन्यजन्तु द्वन्द्व बढाउने जोखिम रहेको उल्लेख गर्दै उनले मानिसलाई जङ्गलसँगै राख्नु उपयुक्त नहुने धारणा राखे ।
उनका अनुसार स्थानान्तरण गर्दा स्थानीयवासीको स्वामित्वमा रहेको जग्गाको आधारमा अन्य स्थानमा समान जग्गा उपलब्ध गराउनुपर्छ। “जसको जति जग्गा छ, पाँच आना होस् वा दुई रोपनी, त्यसकै आधारमा सरकारले अर्को सुरक्षित ठाउँमा व्यवस्थापन गर्नुपर्छ,” उनले भने ।
सरकारले दीर्घकालीन सोचसहित नीति बनाएर जंगल संरक्षण र मानव सुरक्षालाई सँगसँगै अघि बढाउनुपर्नेमा उनको जोड थियो।


प्रतिक्रिया दिनुहोस्