राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीबाट झाक्री, जंगली र केसी विजयी


काठमाडाैँ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा एमालेकी नेता रामकुमारी झाँक्री निर्वाचित भएकी छन्। कांग्रेस–एमालेबिच भएको गठबन्धनका कारण उनी सहज रूपमा विजयी भएकी हुन्।

महिलातर्फको सिटमा उम्मेदवार बनेकी झाँक्रीले ६ हजार ३ सय ३ मतभार प्राप्त गर्दै राष्ट्रिय सभामा प्रवेश गरेकी हुन्। यस निर्वाचनमा लुम्बिनी प्रदेशका तीनवटै सिट कांग्रेस–एमाले गठबन्धनले जित्न सफल भएको छ।

अपाङ्गता समूहअन्तर्गत कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ निर्वाचित भएका छन्। उनले ५ हजार ३ सय २२ मतभार प्राप्त गरे। त्यस्तै अन्य समूहअन्तर्गत कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका छन्। केसीले ५ हजार ९ सय ७७ मतभार प्राप्त गरेका हुन्।

गठबन्धनको बलियो समर्थनका कारण लुम्बिनी प्रदेशमा कांग्रेस र एमालेले राष्ट्रिय सभा निर्वाचनमा पूर्ण सफलता हात पारेका छन्।