सुनचाँदीको मूल्य हालसम्मकै उच्च


काठमाडौँ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ३ हजार ८०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३ लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी प्रतितोला २८५ रूपैयाँ बढेर ६ हजार ७ सय ६५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।