बालेनलाई हेर्न नेपालगन्जमा सर्वसाधारणदेखि कार्यकर्ताकाे घुइँचाे (फाेटाे फिचर)


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ पश्चिम तराई केन्द्रित चुनावी अभियानमा सक्रिय भएका छन्। सोही क्रममा उनी सोमबार अपराह्न नेपालगन्ज आइपुगेका हुन्।

नेपालगन्ज विमानस्थलमा उनलाई स्वागत गर्न नेता–कार्यकर्ता मात्र होइन, सर्वसाधारणको समेत उल्लेख्य उपस्थिति देखिएको थियो। छोटो समयमै चर्चित बनेका बालेनलाई प्रत्यक्ष हेर्न नागरिकको उत्साहपूर्ण भिड लागेको थियो।

नेपालगन्जमा केहीबेर बसेपछि बालेन बर्दियातर्फ प्रस्थान गरेका छन्।