काठमाडौं । सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पौडेललाई प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी तोक्ने गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यससँगै ४ महिना नहुँदै प्राधिकरणमा अध्यक्ष फेरिएका छन् ।
बिमा प्राधिकरण निरन्तर संक्रमणकालीन अवस्थामा सञ्चालन हुँदै आएको छ । तत्कालीन अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि सरकारले सरकारका सहसचिव र सचिवलाई फेरिफेरि प्राधिकरणको जिम्मेवारी दिने गरिएको छ ।
गत आसोज ९ गतेमात्रै सहसचिव जनकराज शर्मालाई सरकारले प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो । अर्थ मन्त्रालयका तर्फबाट प्राधिकरणमा प्रतिनिधित्व गर्ने सञ्चालकका रूपमा पठाइएका शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।
४ महिना नहुँदै फेरि प्राधिकरणको अध्यक्ष फेरिएका छन् । यससँगै एकवर्षमा प्राधिकरणमा ६ जना अध्यक्ष फेरिएका छन् ।
तत्कालीन अध्यक्ष शरद ओझालाई सरकारले निलम्बन गरेपछि अदालतमा मुद्दा विचाराधिन छ ।
ओझाको निलम्बन र अदालतमा मुद्दा विचाराधिन हुँदा प्राधिकरण सङ्क्रमणकालीको अवस्थाबाट गुज्रिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्