काठमाडाैँ । सरकारले विभिन्न पाँचवटा जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जलविद्युत विकासलाई सहज बनाउन वन क्षेत्र प्रयोगको अनुमति प्रदान गरिएको जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार मन्त्रिपरिषद् बैठकले सुतिखोला जलविद्युत आयोजना, तामाकोसी पाँचौँ जलविद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत आयोजना र सेतीखोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको हो।
यी आयोजनाहरूलाई आवश्यक संरचना निर्माण तथा पूर्वाधार विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्