काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा सहभागी हुने भएका छन्।
पार्टीले सार्वजनिक गरेको कार्यक्रम अनुसार बालेन माघ १४ गते (भोलि) डडेलधुरा, बैतडी, दार्चुला र बझाङ जिल्लामा हुने कार्यक्रममार्फत कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्नेछन्।
कार्यक्रमको सुरुआत बिहान ९:३० बजे डडेलधुरा जिल्लाको तुफानडाँडास्थित घण्टिघर, जिल्ला पार्टी सम्पर्क कार्यालयबाट हुनेछ।
त्यसपछि अपरान्ह १२:३० बजे बैतडी जिल्लाको पाटनस्थित पार्टी सम्पर्क कार्यालयमा जनसम्पर्क कार्यक्रम आयोजना गरिने छ।
यस्तै दिउँसो ८:०० बजे दार्चुला जिल्लाको गोकुलेस्थित पार्टी सम्पर्क कार्यालयमा बालेनले कार्यकर्ता तथा स्थानीय नागरिकसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।
सोही दिन राति ८:०० बजे बझाङ जिल्लाको बुङ्गलमा अन्तिम कार्यक्रम सम्पन्न गरिने पार्टीले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यो जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममार्फत सुदूरपश्चिम प्रदेशका नागरिकसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको संगठन सुदृढ गर्ने, जनताको गुनासो र सुझाव संकलन गर्ने तथा आगामी राजनीतिक रणनीतिबारे छलफल गर्ने उद्देश्य राखेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्