काठमाडाैँ । अफगानिस्तानको उद्योग तथा वाणिज्य मन्त्रालयले गत वर्ष देशले ३ लाख १७ हजार ५१७ टन ताजा फलफूल निर्यात गरेको छ ।
यसबाट करिब १४ करोड २० लाख अमेरिकी डलर आम्दानी भएको जनाएको छ । स्थानीय टोलो न्यूजका अनुसार निर्यात गरिएका फलफूलहरूमा स्याउ, अनार, खुर्पानी, अंगुर, खरबुजा, तरबुजा र अन्जिर समावेश थिए ।
यी उत्पादनहरू संयुक्त अरब इमिरेट्स, टर्की, पाकिस्तान, युरोप र मध्य एशियाका बजारहरूमा पुगेका छन् । कृषि तथा पशुपंक्षी चेम्बरले व्यापारिक मार्ग बन्द हुनु र उच्च ढुवानी लागतले निर्यातमा चुनौती खडा गरेको उल्लेख गर्दै चाबहार र बन्दर अब्बास जस्ता वैकल्पिक बन्दरगाहहरूको प्रयोग गर्न प्रोत्साहन गरिएको रिपोर्टमा उल्लेख छ ।
विज्ञहरूले अफगान कृषि उत्पादनहरूको संरक्षण गर्न र सहज व्यापार सुनिश्चित गर्न शीत भण्डारण सुविधाहरूको विकास र वैकल्पिक व्यापार मार्गहरू सुरक्षित गर्नु महत्वपूर्ण रहेको कुरामा जोड दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्