काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को पुससम्मा निर्जीवन बिमा कम्पनीहरूले २३ अर्बभन्दा बढी रुपैयाँ कुल बिमा शुल्क सङ्कलन गरेका छन् ।
सञ्चालनमा रहेका १४ ओटा निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको पुस महिनासम्म कुल १४ लाख १९ हजार ५४८ ओटा बिमालेख जारी गरी कुल २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेका हुन् ।
सो अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बिमाशुल्क सङ्कलन गरेको छ । कम्पनीले २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
सगरमाथा लुम्बिनी इनस्योरेन्स कम्पनीले २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १९ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
एनएलजी इन्स्योरेन्सले १ अर्ब ८७ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५३ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले १ अर्ब ४२ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
प्रभु इन्स्योरेन्स कम्पनीले ९३ करोड ७२ लाख रुपैयाँ बिमाशुल्क, नेशनल इन्स्योरेन्सले ६९ करोड ९३ लाख र राष्ट्रिय बिमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्