काठमाडौं । लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको सन्दर्भमा साना तथा मझौला व्यवसायबीच लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले ‘टिगकन २०२६’ आयोजना गर्ने भएको छ।
आगामी माघ १८ गते (फेब्रुअरी १), आइतबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो ४ बजेदेखि आयोजना हुने टिगकन २०२६ मा प्रविधि, डेटामा आधारित वित्तीय प्रणाली तथा लेखा फर्महरूको विकसित भूमिकाबारे गहन छलफल हुने आयोजकले जनाएको छ।
लेखा तथा व्यवसायिक इकोसिस्टमका प्रोफेसनल र निर्णयकर्ताहरूलाई एकै स्थानमा ल्याई भविष्यका प्रवृत्ति, चुनौती र अवसरबारे संवाद गर्ने उद्देश्यसहित यो कार्यक्रम आयोजना गर्न लागिएको जनाएकाे छ ।
सम्मेलनले सहभागीहरूलाई लेखा तथा व्यवसाय क्षेत्रको भविष्यबारे रणनीतिक दृष्टिकोण प्रदान गर्नुका साथै डिजिटल युगमा विश्वास, बुद्धिमत्ता र दिगो विकास हासिल गर्न सघाउने टिगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसीले जानकारी दिए।
कार्यक्रममा सहभागी हुनका लागि नाम दर्ता अनिवार्य गरिएको छ । इच्छुकले वेवसाइट मार्फत सहभागीताका लागि दर्ता गर्न तथा कार्यक्रमसम्बन्धी थप जानकारी लिन सक्नेछन्।
टिगकन २०२६ मा लेखा व्यवसायी, अडिट, कर तथा परामर्श प्रोफेसनल, साना तथा मझौला व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, वित्तीय प्रमुख तथा वित्तीय प्रणालीसँग सम्बन्धित प्रविधि व्यवसायीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्