एकैदिन सुनको मूल्यमा ऐतिहासिक उछाल, तोलाको ३ लाख ३९ हजार नाघ्यो


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि हुँदै सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ रहेको थियो। आजको तीव्र वृद्धिसँगै १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार आज चाँदी तोलामा ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको छ भने १० ग्राम चाँदीको मूल्य ६ हजार ४३४ रुपैयाँ कायम भएको छ।