१७ अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

विहीबार नेप्सेमा न्याग्दी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५९ करोड ९९ लाख १४ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.२३ प्रतिशतले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।