उच्च मूल्यबाट ह्रातै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ सय ६५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य तोलाको तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको तोलामा ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।