काठमाडौँ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकाद्वारा इरानमाथि कुनै पनि प्रकारको आक्रमण गरे त्यसले ‘क्षेत्रीय युद्ध’ निम्त्याउने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा सैन्य शक्ति बढाइरहेका बेला खामेनीले क्षेत्रीय युद्धको चेतावनी दिएका हुन् ।
उनले भनका छन्,“उनीहरू यो थाहा होसकि यदि यसपटक युद्ध सुरु गरे भने यो क्षेत्रीय युद्ध हुनेछ ।”
तेहरानको डाउनटाउनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै खामेनीले खामेनीले अमेरिका इरान र यसको विशाल तेल तथा प्राकृतिक ग्यास स्रोतलाई कब्जा गर्न चाहेको आरोप लगाएकाे अलजजिराले उल्लेख गरेकाे छ ।
हालैका विरोध–प्रदर्शनका घटनाहरू ‘कू जस्तै’ भएको उल्लेख गर्दै सर्वोच्च नेता खामेनीले ठुलो सङ्ख्यामा सरकारी कार्यालय, बैंक र मस्जिदहरूमा आक्रमण हुन यसको उदाहरण भएको उल्लेख गरे ।
खामेनीको भाषणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरान सम्झौताका लागि तयार रहने आशा व्यक्त गरेका छन् । तनावकाबिच पनि दुबै देशले वार्ताको ढोका खुला राखेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्