काठमाडाैँ । यथार्थ परक र सीमान्तकृत समुदायको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरिएको चलचित्र ‘एक भागवत र एक गीता’ अब डिशहोम गोमा दर्शकहरूका लागि उपलब्ध हुने भएको छ ।
कथावस्तु (कमला माई –विपिन कार्की ) को वरपर घुमेको छ ।जनकपुर वरपरका तेस्रो लिंगी समुदायको नेतृत्व र संरक्षणगर्दै समाजमा व्याप्त भेदभाव, पूर्वाग्रह र मानवीयताका लागि लडिएको घटनाक्रमलाई मार्मिक रुपले प्रस्तुत गरिएको ‘एक भागवत र एक गीता’चलचित्रले समावेशिता, समानता र मानव अधिकारको वकालत गरेको छ ।
यो चलचित्र नेपालभित्र रु. २२५ र नेपाल बाहिर १.९९ तिरेर अमेरिकी डलर तिरेर डिशहोम गोमा दर्शकले हेर्न सक्नेछन् ।
झरना थापाको निर्देशनमा बनेको यो चलचित्रमा विपिन कार्की, सुहाना थापा, धिरज मगर, जभिस र जभिन श्रेष्ठ तथा कबीर खड्काको प्रभावशाली अभिनय रहेको छ।
डिशहोम गो एक नेपाली ओटीटी प्ल्याटफर्म हो,जहाँ दर्शकहरूले नेपाली तथा अन्तराष्ट्रिय चलचित्रहरू, सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, सर्ट फिल्महरू तथा नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायत विविध श्रब्यदृष्य सामग्रीहरू हेर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्