प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त


काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका छन् । शर्मा यसअघि सनराइज बैंकको सिइओ रहेका थिए ।

उनी तत्कालीन सनराइज बैंक र लक्ष्मी बैंक मर्ज भएपछि बाहिरिएका थिए । शर्माले ग्लोबल आइएमई बैंकमा डिसिइओ र माछापुच्छ्रे बैंकमा सिइओको जिम्मेवारी निर्वाह गरिसकेका थिए ।

प्रभु बैंकको सिइओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि शर्मालाई नियुक्त गरेको हो ।