उद्योग वाणिज्य महासङ्घमा नरेशलाल श्रेष्ठ समूहले टुङ्ग्यायो धेरैजसो उम्मेदवारको नाम


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि नरेशलाल श्रेष्ठ समूहले धेरैजसो उम्मेदवार टुङ्ग्याएको छ ।

एसोसिएट्स र जिल्ला नगर उपाध्यक्षका उम्मेदवारहरूको नामलाई अन्तिम रूप दिन बाँकी राखेको नरेशलाल समूहले कार्य समिति सदस्यहरूको नाम भने टुङ्ग्याएकाे छ ।

अहिलेसम्म कमला श्रेष्ठ, पशुपतिदेव पाण्डे, भक्त हमाल, हरि कार्की लिलेन्द्रराज प्रधान, विदुर धमला, प्रल्हाद दाहाल,निराजन चलाउने, रामेश्वर साह, विनोद ढकाल(महासङ्घ), निर्मल भट्टराई (महासङ्घ) सागर ढकाल, राजेन्द्र सङ्ग्रौलाको नाम टुङ्गिएको छ ।

आकाङ्क्षी बढि भएपछि रेशम पोखरेल, सुवोध गुप्ता, दुर्गा सुवेदी र बलराम गुरुङ्मध्येबाट नाम छनौट गर्न बाँकी रहेको श्रोतले जनाएको छ ।

श्रेष्ठ निकट स्रोतले भन्यो,“हाम्रो पक्षका उम्मेदवारको नाम लगभग टुङ्गिएको छ । कार्य समिति सदस्यमा आकाङ्की केही बढी भएकाले छलफल भइरहेको छ ।”

एसोसिएट्स र जिल्ला नगर उपाध्यक्षको नाम पनि केही दिनमै टुङ्गो लगाएर सार्वजनिक गर्ने श्रेष्ठ नरेशलाल श्रेष्ठ समूहको तयारी छ । एसोसियट्समा शैलेन्द्र गुरागाईं र दशेबन्धु बस्नेत (अजित) मध्ये एकजनालाई अगाडि सार्ने तयारी छ । उद्योग वाणिज्य महासङ्मा आगामी चैत अन्तिम साता नयाँ नेतृत्वको चुनाव हुँदैछ ।