काठमाडाैँ । पूर्वमुख्यसचिव एकनारायण अर्यालले प्रतिनिधिसभा पुनःस्थापना सम्बन्धि मुद्दा चाँडो फैसला गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन्।
तोकिएको मितिमा निर्वाचन हुने कुरामा त्यसले पनि आशंका बढाएकाले सर्वोच्चले सो सम्बन्धि मुद्दा छिटो किनारा लगाउनुपर्ने उनको तर्क थियो ।
मंगलवार नेपाल कानून समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वमुख्यसचिव अर्यालले राज्यका अंगहरूले आफ्नो जिम्मेवारी समयमा पूरा नगर्दा पनि मुलुकमा विभिन्न खालको समस्याहरू आउने गरेको तथ्य पनि स्मरण गराए ।
पूर्वमुख्यसचिव अर्यालले निर्वाचनको मिति सार्ने नभई तोकिएको मितिमा नै सबै क्षेत्रको निर्वाचन गराउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्