काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाबारे छलफल गर्न सर्वपक्षीय छलफल बोलाएकी छन् ।
बिमा भुक्तानी रकमबारे समस्या बढ्दै गएपछि प्रधानमन्त्री कार्कीले आज दिउँसाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सर्वपक्षीय छलफल बोलाएकी हुन् ।
स्वास्थ्य बिमा बोर्डको भावी मार्गचित्र बारे छलफलका लागि प्रधानमन्त्रीले छलफल बोलाएकी हुन् ।
बोर्डले केही दिनअघि मात्रै बाहिरङ्ग सेवा (ओपिडी) उपचार खर्चमा २५ हजारको सिमा तोकेको थियो ।
बाहिरङ्ग सेवामा मात्रै खर्च सिमा २५ हजार बनाए पनि सुविधा कटौती गरिएको भन्दै विरोध भइरहेको छ ।
बोर्डले विभिन्न अस्पतालहरूलाई ७ अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी छ । भुक्तानी नपाएपछि केही अस्पतालले सेवा बन्द गर्न थालेका छन् ।
प्रधानमन्त्री कार्कीले आयोजना गर्न लागेको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईं, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, राष्ट्रिय योजना अयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका सदस्य डा. जुद्दबहादुर गुरुङलाई छलफलमा बोलाएकी छन् ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुनिती श्रेष्ठ हाडा, स्वास्थ्य बिमा बोर्डका अध्यक्षसहित सबै पदाधिकारी, मुख्य सचिव सुमनराज अर्याल,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव किरण शर्मा, अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयका सचिव डिल्लिराम शर्मा, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका सचिव दिनेश घिमिरेलगायतलाई पनि छलफलमा बोलाइएको छ ।


प्रतिक्रिया दिनुहोस्