काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार नेप्सेमा आखुँखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ। । कम्पनीको ८० करोड ७७ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।
आज कालिन्चोक दर्शन, सुपरमाई हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर र आखुँखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यी सबै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कुल ३२६ कम्पनीको एक करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्